धरानमा अनलाइन जुवा चलाउने गिरोहकाे पर्दाफास, १० जना पक्राउ

  • वैशाख १५, २०८३
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

धरान/सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी सडकमा रहेको मण्डला क्याफेबाट अनलाइन जुवा खेल्दै र खेलाउँदै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार मिति २०८३ साल बैशाख १४ गते राति करिब १०:३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ‘1Xbet’ मार्फत अनलाइन जुवा सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको टोलीसँगै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको PIT टोलीले संयुक्त रूपमा अपरेसन गरेको थियो।

पक्राउ पर्नेहरूमा धरानका विभिन्न वडाका ३१ वर्षीय प्रज्वल राई, ४६ वर्षीय हेमन राई, २७ वर्षीय योगेश लिम्बु, २९ वर्षीय मिलन लिम्बु, ३१ वर्षीय शुसान्त घिमिरे, ४२ वर्षीय कुमार तामाङ, ४० वर्षीय विवेक थापा, ३३ वर्षीय सुजित साह, ४१ वर्षीय अशोक लिम्बु र ३५ वर्षीय भवानी दाहाल रहेका छन्।

उक्त स्थानबाट प्रहरीले विभिन्न कम्पनीका १५ थान मोबाइल समेत बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

juwade

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved