चक्रघट्टी जेसीजले बिद्यार्थीलाई शिक्षण सामग्री वितरण गर्दै सुरु भयो जेसीज सप्ताह चक्रघट्टी जेसीजले बिद्यार्थीलाई शिक्षण सामग्री वितरण गर्दै सुरु भयो जेसीज सप्ताह

  • वैशाख १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा क्रियासिल चक्रघट्टी जेसीजले जेसीज सप्ताह - २०२६ सुरु गरेको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं ३ हर्दियामा रहेको बिपि आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई

शैक्षिक सामग्री वितरण गर्दै चक्रघट्टी जेसीजले जेसीज सप्ताह सुरु गरेको हो । साप्तह कार्यक्रम अन्तर्गत स्वागत गेट निर्माण , भित्ते पात्रो सार्वजनिक , सचेतना मुलक कार्यक्रम, मैत्रीपुर्ण फुटबल लगायतका कार्यक्रम आयोजना गरिने चक्रघट्टी जेसीजका महासचिव शिशिर तामाङ्ग ( अर्जुन) ले बताए ।

चक्रघट्टी जेसीजका अध्यक्ष जेसी शरण कुमार लिम्बूको सभाध्यक्षतामा आयोजना भएको जेसीज सप्ताह अन्तर्गतको पहिलो शैक्षिक सामाग्री बितरण कार्यक्रमको प्रमुख अतिथि वराहक्षेत्र नगरपालिका वडा नं. ३ का अध्यक्ष राजदिप लामा रहेका थिए ।

जेसीज सप्ताह अन्तर्गतको सुभारम्भ कार्यक्रममा बिपि आधारभुत बिद्यालयका सम्पुर्ण बिद्यार्थीलाई कपि , कलम , पेन्सिल लगायतका सामाग्री बितरण गरिएको कार्यक्रम संयोजक चक्रघट्टी जेसीजका उपाध्यक्ष अमीत साहले बताए ।

कार्यक्रममा चक्रघट्टी जेसीज वर्ष २०२३ का अध्यक्ष तेज बहादुर पुरी लगायत बोर्डका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षअशिलाल धामी, शिक्षक, शिक्षिकाहरु, कर्मचारी, अभिभावकहरुको उपस्तिथि रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved