पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउ ! भद्रकाली प्रहरी परिसरमा राखियो

  • चैत १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ मुलुकको राजनीतिक वृत्तलाई तरंगित बनाउने घटनाक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

उनीहरूलाई शनिबार बिहान भक्तपुरबाट नियन्त्रणमा लिएर काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ।

प्रहरी स्रोतका अनुसार ओलीलाई गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको हो। हाल दुवैजनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनको घटनालाई लिएर गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री ओली, रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

उक्त सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय शुक्रबार बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले गरेपछि घटनाले नयाँ मोड लिएको हो। त्यसलगत्तै गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका आईजी राजु अर्याल सँग रातभर छलफल गरेका थिए।

सोही छलफलपछि शनिबार बिहानै दुवै पूर्व उच्चपदस्थ व्यक्तिलाई पक्राउ गरिएको हो। 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved