मृगौलिया नेवाः पुचःकोअध्यक्षमा कर्णबहादुर

  • चैत १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मृगौलिया नेवाःपुचःको प्रारम्भिक भेलाले कर्ण बहादुर प्रधानको अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन गरेको छ ।

मंगलवार भएको आम भेलाले प्रधानको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्ष,सचिव, र कोषाध्यक्षमा क्रमस पार्वता प्रधान, निरबहादुर प्रधान,गीता प्रधान र सहसचिव देवबहादुर प्रधान चयन भएकाछन् ।

सदस्यहरुमा गणेश प्रधान,खण्डमान श्रेष्ठ,कमला प्रधान,सरिना प्रधान,रामबहादुर प्रधान,गोमा प्रधान रहेकाछन् ।

सल्लाहकारहरुमा प्रमुख सल्लाहकारमा भोला श्रेष्ठ, रण बहादुर प्रधान,जित बहादुर प्रधान,नोमा प्रधान,सुस्मिता प्रधान,सम्मेर श्रेष्ठ चयन भएकाछन् ।

संस्थाको विधान मस्यौदा समितिको संयोजकमा कर्ण बहादुर प्रधान,सदस्यमा निरबहादुर प्रधान,गीता प्रधान रहेकाछन् ।

मस्यौदा समितिले १५ दिन भित्रमा विधान तयार गरी जिल्ला प्रशासनमा दर्ताका लागि जाने अध्यक्ष कर्ण बहादुर प्रधानले जनाएकाछन् ।

संस्थाले नेवार समुदायको सास्कृतिक, भाषिक साँस्कृतिक मौलिक संस्कृति र अधिकारको लागि काम गर्ने नव निर्वाचित अध्यक्ष प्रधानले प्रतिवद्धता जनाएकाछन् ।

कार्यक्रममा नेवाःदेय दवू मोरङका अध्यक्ष थर्कमान श्रेष्ठ,सुन्दरहरैचा नगर समिति समितिका अध्यक्ष पदम श्रेष्ठ, इन्द्रपुर नेवाःपुचःका उपाध्यक्ष अर्जुन श्रेष्ठ,नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वडा नं–२ का वडाध्यक्ष विवश प्रधानलगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

वडामा स्थायी वसोबास गरीरहेका करिव १सय घर परिवारलाई समावेश गरी संस्था स्थापना गरीएको नव निर्वाचित सचिव निरबहादुर प्रधानले जानकारी दिएकाछन् ।

 

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved