धरानमा सफारी चालकद्वारा युवती अपहरणपछि जङ्गलमा बला*त्कार र लुटपाट

  • चैत ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान मा एक गम्भीर आपराधिक घटना सार्वजनिक भएको छ। एक १९ वर्षीया युवतीलाई अपहरण गरी जङ्गलमा लगेर कुटपिट, बलात्कार र लुटपाट गरेको आरोपमा सीटी सफारी चालक पक्राउ परेका छन्।

प्रहरीका अनुसार चैत ६ गते बेलुका धरान १७ घर भएकि पीडित युवती आफ्नो मावली घर मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा पुराना कपडा लिएर जाने क्रममा धरानकाे  भोटेपुलमा बसको प्रतीक्षा गरिरहेकी थिइन्। सोही बेला अपरिचित व्यक्तिले उनलाई सीटी सफारीमा चढ्न लगाएर भानुचोक बसपार्क हुँदै पानमारा क्षेत्रतर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आरोपितले उनलाई साकेला पार्क नजिकको एकान्त जङ्गलमा पुर्‍याई कुटपिट गरी अचेत बनाएको, ढुंगाले आँखामा प्रहार गरी गम्भीर घाइते बनाएको र त्यसपछि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। साथै घटनापछि पीडितको मोबाइलसमेत लुटेर फरार भएको बताइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय धरान का डीएसपी भीषणबाबु राई को कमाण्डमा खटिएको टोलीले घटनास्थल वरपर जडित सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गरेको थियो। अनुसन्धानका क्रममा ध.उ.म.न.पा. ००१ ह ०१७८ नम्बरको सीटी सफारी संलग्न रहेको खुल्न आएको थियो।

त्यसका आधारमा खोजी कार्य अघि बढाउँदै प्रहरीले सुनसरीको रामधुनी नगरपालिका–३ परियारपुरका २६ वर्षीय रोशन विश्वकर्मालाई चैत १० गते दिउँसो करिब ३ बजे आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

पीडितले चालकको स्पष्ट सनाखत गर्दै किटानी जाहेरी दर्ता गराएकी छन्। जाहेरीका आधारमा विश्वकर्माविरुद्ध जबरजस्ती करणी, कुटपिट तथा लुटपाटसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनाले सार्वजनिक सवारी प्रयोग गर्ने नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने दोषीलाई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved