बिराटनगर/ चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको तेस्रो अधिवेशनबाट वीरेन्द्र शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
नव-निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुंगाना चयन भएका छन्।
महासचिवमा बिकल श्रेष्ठ, सचिवमा तुलसी प्रसाद निरौला, सोम सुनुवार र कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्।
सदस्यहरूमा स्नेह श्रेष्ठ, पारस मण्डल, रेखा पौडेल,सुनिल यादव, कविता घिमिरे ,गोपाल पौडेल र निशान कडेल चयन भए।
यसैगरी केन्द्रीय सदस्यमा सन्जु राई (सुमित्रा) (सन्जु), विकल श्रेष्ठ चयन भएका छन्।
चलचित्र पत्रकार महासंघ नेपाल कोशी प्रदेशकी अध्यक्ष सन्जु राईको सभापतित्वमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा सोमबार बिराटनगर स्थीत होटल रुबिजमा अधिवेशन भएको हो।
यस्तै अधिवेशनको विशिष्ट आतिथ्यमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष विक्रम लुइटेल, नेपाल चलचित्र संघ कोशीका सल्लाहकारहरु नेपाल प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार श्रेष्ठ (नबोदित), नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य भीषण राई, तामाङ चलचित्रकर्मी संघका अध्यक्ष भीम लामा,याक्थुङ चलचित्रकर्मी संघका महासचिव उदय सुब्बा कुरुम्बाङलगायत रहेका थिए।
यसैगरी चलचित्र पत्रकार संघ नेपाल कोशीका सहसचिव बिकल श्रेष्ठ र संयोजक तथा केन्द्रीय सदस्य नगेन्द्र बस्नेतले कार्यक्रम संचालन गरेका थिए।
अधिवेशनमा चलचित्रकर्मी, कलाकारसहित सुनसरी, मोरङ, झापा, इलाम र धनकुटा जिल्लाबाट चलचित्र पत्रकारहरुको सहभागीता रहेको थिए।