ग्राहक आकर्षणको केन्द्र बन्यो टिभिएस मेला : भोलि अन्तिम दिन

  • चैत ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. द्वारा आयोजित ‘टिभिएस एक्सचेञ्ज म्यानिया’ मेला भोलि (शुक्रबार) सम्पन्न हुँदैछ।

इटहरी पश्चिम लाइनस्थित राजस्व ढाटमा चैत १ गतेदेखि सञ्चालनमा रहेको मेलाले छोटो समयमै उत्साहजनक सफलता हासिल गरेको छ।

पाँच दिनको अवधिमा ९० भन्दा बढी सवारीसाधन बिक्री भइसकेका छन् भने पुराना सवारी साटेर नयाँ किन्ने ग्राहकको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार, जुनसुकै कम्पनीका पुराना बाइक ल्याउँदा ग्राहकले उच्चतम मूल्याङ्कन, विशेष छुट, सहज किस्ताबन्दी सुविधा र इन्जिनमा आजीवन वारेन्टीसम्म पाउने व्यवस्था गरिएको छ। पुराना सवारीको मूल्य निर्धारणका लागि अनुभवी भ्यालुएटर परिचालन गरिएकोले प्रक्रिया पारदर्शी र विश्वसनीय बनेको दाबी गरिएको छ।

मेलामा सहभागी ग्राहकहरूले बजार मूल्यभन्दा सहुलियत दरमा नयाँ सवारी खरिद गर्न पाउँदा सन्तुष्टि व्यक्त गरेका छन्। साथै, आकर्षक उपहार प्याकेजले मेलाको आकर्षण झनै बढाएको छ।

इटहरी, धरान, इनरुवा र दुहबीसहित पूर्वी क्षेत्रका ग्राहकका लागि यो मेला विशेष अवसर बनेको छ। आयोजकले भोलि अन्तिम दिन भएकाले इच्छुक ग्राहकलाई समयमै उपस्थित भई उपलब्ध सुविधाको अधिकतम लाभ लिन आग्रह गरेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved