ट्राफिक व्यवस्थापनका लागि १७ थान ‘ह्वील लक’ सहयोग

  • चैत ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt - सन्देश तिम्सिना

धरान/  धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास भाटीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुनसरीलाई १७ थान ‘ह्वील लक’ सहयोग गरेका छन्। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त सामग्री ट्राफिक प्रहरी कार्यालयलाई उपलब्ध गराइएको हो।

मंगलबार भाटीले कार्यालयमै ट्राफिक प्रहरीका प्रहरी निरीक्षक अनिल माबोहाङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। उनले कार्यपालिका सदस्यमा छुटिदै आएको बजेटबाट ५० हजार बराबरको ‘ह्वील लक’ खरिद गरि हस्तान्तरण गरेको बताएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अनिल माबोहाङले सवारीसाधन पार्किङ गर्दा व्यवस्थित रूपमा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

माबोहाङका अनुसार प्रारम्भिक चरणमा सवारी चालकलाई सम्झाइ–बुझाइ गरी सचेत गरिने र त्यसपछि पनि नियम उल्लङ्घन गरेमा ‘ह्वील लक’ प्रयोग गरिने बताइएका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved