युएन स्कुल धरानमा विज्ञान, कला र स्वादको भव्य उत्सव सम्पन्न

  • फागुन १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान–१० स्थित प्रतिष्ठित शैक्षिक संस्था युएन स्कुलको प्राङ्गण आइतबार विज्ञान, सिर्जना र स्वादको अनौठो संगमले झलमल्ल बन्यो।

विद्यालयले आयोजना गरेको ‘विज्ञान, कला तथा शिल्प प्रदर्शनी’ तथा ‘खाद्य महोत्सव’ भव्य रूपमा सम्पन्न भएको हो।

विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउने र प्रयोगात्मक शिक्षामार्फत उनीहरूको वैज्ञानिक सोच तथा व्यवस्थापन सीप विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

साथै Navodaya Vidyamandir English Boarding School र Sunakhari Academy Secondary Schoolका शिक्षक तथा विद्यार्थीहरूको पनि उल्लेख्य उपस्थिति देखिएको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले आफैं तयार पारेका हाइड्रोलिक ब्रिज, स्मार्ट सिटी, ब्लड सर्कुलेशन मोडल, एसिड रेन डेमो, सोलार सिस्टम, डे–एन्ड–नाइट मोडल, एट्मोस्फियर लेयर, हाइड्रो–इलेक्ट्रिसिटी, ड्रोन तथा ज्वालामुखी विस्फोटको प्रत्यक्ष प्रदर्शनले अवलोकनकर्ताको ध्यान ताने। वातावरणमैत्री ऊर्जाका स्रोतसम्बन्धी मोडेलहरू विशेष आकर्षण बने।

कला तथा शिल्पतर्फ खेर जाने सामग्रीबाट बनाइएका सजावटी सामग्री, हस्तकला, चित्रकला र नेपाली संस्कृति झल्काउने सिर्जनाहरूले सबैलाई प्रभावित पारे। साना विद्यार्थीहरूले देखाएको आत्मविश्वास र कल्पनाशीलताले अभिभावक तथा अतिथिहरूलाई गौरवान्वित बनाएको थियो।

‘खाद्य महोत्सव’मा विद्यार्थीहरू आफैं ‘सेफ’को भूमिकामा उत्रिँदै मःम, ससेज, लस्सी, चिकेन ललिपप लगायत परम्परागत तथा आधुनिक परिकारका स्टल सञ्चालन गरेका थिए। स्वादसँगै व्यवस्थापन क्षमताको झल्को पनि देखिएको थियो।

विद्यालयका प्रिन्सिपल सर्णकुमार सम्बाहाम्फेले यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी सृजनात्मकता र वैज्ञानिक दृष्टिकोण विकास गर्न सहयोग गर्ने बताए। डाइरेक्टर डम्बरकुमार तुम्बापोले यस्ता गतिविधिले विद्यार्थीहरूमा उद्यमशीलताको भावना जागृत गर्दै भविष्यप्रति सकारात्मक सोच निर्माण गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि धरान–१० का वडा सदस्य सम्सेर बर्देवाले रिबन काटेर उद्घाटन गरेका थिए। कार्यक्रममा B.P. Koirala Institute of Health Sciencesसँग आबद्ध Leo Club of Dharanका अध्यक्ष लियो मनिष मेहता र सदस्य कविता भुसालले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए। कार्यक्रम शिक्षक रामबहादुर लिम्बुले सञ्चालन गरेका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved