बिरामीको मन जित्दै सेवा सुधारतर्फ वी.पी. प्रतिष्ठान ‘पेशागत व्यवहार उत्प्रेरणा समिति’ गठन, कर्मचारीलाई चरणबद्ध तालिम सुरु

  • फागुन १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले बिरामीप्रति गरिने व्यवहारलाई अझ मर्यादित, संवेदनशील र सेवाग्राहीमैत्री बनाउन विशेष पहल थालेको छ।

उपचारका लागि दैनिक हजारौं बिरामी आउने यस प्रतिष्ठानले स्वास्थ्यकर्मी र कर्मचारीको बोलीचाली तथा व्यवहारलाई अझ व्यावसायिक र मानवीय बनाउने उद्देश्यले ‘बिरामी प्रति पेशागत व्यवहार उत्प्रेरणा समिति’ गठन गरेको हो।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले मनोचिकित्सा विभागका प्राध्यापक प्रा.डा. बैकुण्ठ राज अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्नुभएको हो। समितिमा स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. विजय खनाल, अर्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर डा. जमल गिरी, मनोचिकित्सा विभागका असिस्टेन्ट प्रोफेसर डा. सुरेन लिम्बू, बायोकेमिस्ट्री विभागका असिस्टेन्ट प्रोफेसर डा. बसन्त गेलाल तथा अस्पताल प्रशासनकी डा. स्वेता झा सदस्य रहनुभएको छ।

चरणबद्ध तालिम, सेवा थप प्रभावकारी बनाउने लक्ष्य

प्रतिष्ठानले चिकित्सक, नर्स, पारामेडिक्स र प्रशासनिक कर्मचारीलाई लक्षित गर्दै उत्प्रेरणादायी तालिम सञ्चालन सुरु गरिसकेको छ।

पहिलो चरणमा ७८ जना हेल्थ एड तहका कर्मचारीले तालिम प्राप्त गरिसकेका छन् भने हाल हेल्पर तहका कर्मचारीलाई प्रशिक्षण दिइँदैछ। क्रमशः बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने सबै कर्मचारीलाई तालिम प्रदान गरिने योजना छ।

तालिममा बिरामीसँग बोल्दा प्रयोग गरिने भाषा, हाउभाउ र प्रस्तुतीकरणलाई कसरी नरम र व्यावसायिक बनाउने, उपचार प्रक्रिया सजिलै बुझिने गरी कसरी व्याख्या गर्ने, तथा बिरामीको पीडा बुझेर उनीहरूलाई मानसिक रूपमा सकारात्मक ऊर्जा दिने विषयमा अभ्यास गराइन्छ। प्रस्तुतीकरण, संवाद र अभ्यासमार्फत व्यवहार सुधारका सीप सिकाइँदैछ।

“बिरामीको आधा उपचार स्वास्थ्यकर्मीको मिठो बोली र मर्यादित व्यवहारबाटै सम्भव हुन्छ” भन्ने विश्वासका साथ प्रतिष्ठानले यो अभियान अघि बढाएको हो। पछिल्लो समय स्वास्थ्य संस्था र सेवाग्राहीबीच देखिन सक्ने असमझदारी कम गर्दै गुणस्तरीय सेवा प्रवाहमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार समितिले कर्मचारीलाई अझ जिम्मेवार, उत्तरदायी र सेवाग्राहीप्रति संवेदनशील बनाउने दिशामा निरन्तर काम गर्नेछ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved