धरानमा ९५५ केजी गाँजासहित दुई गाडी नियन्त्रणमा , दुई पक्राउ

  • फागुन ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडा क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गर्दै दुईवटा सवारी साधन र दुई जना चालकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान करिब २ः१० बजे गरिएको सवारी जाँचका क्रममा ९५५ केजी गाँजा फेला परेपछि क्षेत्र नै स्तब्ध बनेको छ।

इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षक भिषण बाबु राईको कमाण्डमा खटिएको टोलीले चाँदीबजारबाट विष्णुपादुकातर्फ जाँदै गरेका सवारी साधनहरू रोकेर जाँच गर्दा गाँजा बरामद गरेको हो।

प्रहरीले बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ पोका गाँजा फेला पारेको जनाएको छ। उक्त गाँजाको तौल ४९५ केजी रहेको छ। सो गाडी चालक बारा जिल्ला कोल्बी नगरपालिका–८ निवासी सन्दीप कुमार माझी रहेका छन्।

त्यसैगरी, बी ए सी ३२३६ नम्बरको गाडीबाट २३ पोका गाँजा बरामद गरिएको छ। उक्त गाँजाको तौल ४६० केजी रहेको प्रहरीले जनाएको छ। सो गाडी चालक काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–८ का ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन्।

बरामद गरिएको गाँजा, दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनास्थल प्रहरी कार्यालयबाट करिब २५ किलोमिटर पश्चिम–उत्तर दिशामा पर्छ।

पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले अवैध लागू औषध नियन्त्रणका लागि निगरानी र जाँचलाई थप कडा बनाउने पनि जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved