धरानमा ३६० क्याप्सुल लागूऔषधसहित चार जना पक्राउ

  • फागुन ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानले चार जनालाई ३६० क्याप्सुल प्रतिबन्धित औषधसहित नियन्त्रणमा लिएको छ।

मिति २०८२ फागुन ४ गते दिउँसो १२ः३० बजे धरान उप–महानगरपालिका वडा नं.–९ वगैचा लाइन क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। सो क्रममा प्रहरीले Spasmo Proxyvon-Plus नामक ३६० क्याप्सुलसहित चार जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला सुनसरी कोशी गाउँपालिका–५ बस्ने १८ वर्षीय जसिम अकतर, सोही स्थानका १८ वर्षीय सरफराज आलम, धरान–१९ बस्ने २८ वर्षीय विकाश बुढाथोकी तथा ४१ वर्षीय हेमन्त लामा रहेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय धरान क्षेत्रमा लागूऔषध कारोबार र सेवनका घटनामा वृद्धि भइरहेका बेला प्रहरीले निगरानी कडा बनाएको छ। प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइने पनि जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved