धरान–४ मा एमालेको घरदैलो अभियान सुरु, सूर्यमा मतदान गर्न वडा अध्यक्षको आह्वान

  • फागुन ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पाँचकन्याको हातबाट टीका ग्रहरण गर्दै एमाले उमेदवारहरु टीकाराम लिम्बू र मौसम राईले धरान ४ नम्बर वडामा घरदैलो कार्यक्रम शुभारम्भ गरेकाछन् ।

उमेदवारहरुलाई धरान ४ का वडा अध्यक्ष धनबहादुर राईले शुभकामना दिँदै सूर्यमा मतदान गर्न समेत वडावासीलाई आह्वान समेत गरेकाछन् ।   

शनिबार धरान ४ खैरेनीटार काठेपुलबाट घरदैलोको शुभारम्भ गरेको हो । वडा अध्यक्ष धनबहादुर राईले यो संघिय निर्वाचन हो । यो वडा एमालेको आधार भएकाले सूर्य चिन्हमा मतदान गर्न राईले वडावासीलाई आह्वान गरे । 

उमेदवारहरुलाई पाँचकन्याहरुले कलशले स्वागत गर्दै टीका र रुद्राक्षको माला लगाइदिएर अभियानको शुभारम्भ गरेका थिए ।

शुभारम्भमा निर्वाचन परिचालन समितिका सहसंयोजक प्रदिप भण्डारी, प्रदेश सांसदहरु विजयकुमार राई, रमेश बस्नेत, निर्वाचन  परचालन प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राई, निर्वाचन परिचालनका हाइकमाण्डका जयकुमार राई, शुशीला पहाडी, मीनकुमार सुब्बा लगायतका सहभागी रहेका थिए । 

आज धरान ४ स्थित खैरेनीटार, बसन्तटार, किरात वस्ती, पत्रुङबारी लगायतका टोहरुका जनतासंग उमेदवारहरुलाई साक्षात्कार गराईने निर्वाचन परिचालन समिति धरान ४ का संयोजक राजन चाम्लिङले बताए । 

कार्यक्रममा नेकपा (एमाले) वडा नम्बर ४ का अध्यक्ष दोर्ण कट्वालले वडा एमालेको जनआधार भएको वडा भएकाले यसपटक पनि सूर्यचिन्हमा सदाझै मतदान हुने कुरा बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved