लोकप्रियताको राजनीतिले देश जोखिममा पर्छ :विजय लिम्बू

  • माघ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  युकेमा रहनु भएका विजय लिम्बूले वर्तमान चुनावी माहोल खतरनाक दिशातर्फ उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले राखजनीतिले विचार, नीति र कार्यक्रमभन्दा टाढा गएर अनुहार र लोकप्रियताको खेल बन्दै जानु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

लिम्बूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा देश चलाउन आकर्षक अनुहार वा राम्रो बोल्ने कला पर्याप्त नहुने उल्लेख गर्दै आर्थिक नीति, स्पष्ट योजना, निर्णय क्षमता र इमानदार नेतृत्व नै राष्ट्र सञ्चालनका आधार भएको धारणा राखेका छन् । “राम्ररी बोल्न सक्नु योग्यता होइन, क्यामेरा फ्रेन्ड्ली हुनु क्षमता होइन,” भन्दै उनले वर्तमान चुनावी प्रवृत्तिप्रति प्रश्न उठाएका छन् ।

उनका अनुसार अहिलेको चुनावी बहस व्यक्तिकेन्द्रित बन्दै गएको छ, जसले दीर्घकालीन रूपमा लोकतन्त्र र शासन प्रणालीलाई कमजोर बनाउने खतरा बोकेको छ । उनले मतदातालाई लोकप्रिय अनुहार होइन, स्पष्ट दृष्टिकोण र कार्यक्षमताको मूल्याङ्कन गरेर निर्णय लिन आग्रह गरेका छन् ।

“हामीले नेता होइन, नीति रोज्नुपर्छ । अनुहार होइन, दृष्टिकोण रोज्नुपर्छ । लोकप्रियता होइन, क्षमता रोज्नुपर्छ,” लिम्बूले सन्देशमा उल्लेख गरेका छन् । उनले भोट हाल्दा सेलिब्रिटी होइन, देशको सरकार छानिँदैछ भन्ने कुरा सधैं स्मरण गर्नुपर्नेमा जोड दिएका छन् ।

विजय लिम्बूको यो सन्देशले चुनावी समयमा बढ्दो सतही बहस र व्यक्तिपूजाको प्रवृत्तिप्रति गम्भीर बहसको खाँचो औंल्याएको विश्लेषकहरू बताउँछन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved