धरान मेघा बास्केटबल : मेघा ‘ए’–‘बी’, हिमशिखर र सुनाखरी सेमिफाइनलमा

  • माघ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्वर्गीय उदयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न क्वाटरफाइनल खेलबाट मेघा ‘ए’, मेघा ‘बी’, हिमशिखर बोर्डिङ स्कुल र सुनाखरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्।

धरान–१२ स्थित धरान मेघा हिमालय कलेजको आयोजनामा कलेजकै बास्केटबल कोर्टमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्ला बास्केटबल संघ तथा धरान बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ भने रेवाहाङ रुन्छेबुङ राई स्मृति प्रतिष्ठान सह–आयोजक संस्थाका रूपमा रहेको छ।

बिहीबार सम्पन्न खेलमा मेघा ‘बी’ टिमले लोटस इङ्लिस बोर्डिङ स्कुललाई ६४–३४ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

यस्तै, मेघा ‘ए’ टिमले आइडल इङ्लिस बोर्डिङ स्कुललाई ५०–१८ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनायो।

अन्य खेलहरूमा हिमशिखर बोर्डिङ स्कुलले सियोन स्कुललाई ३७–३५ ले पराजित गर्दै कडा प्रतिस्पर्धामा जित हात पार्‍यो भने सुनाखरी एकेडेमीले होलील्यान्ड इन्टरनेसनल स्कुलमाथि ३४–२४ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो।

सरस्वती पूजाको अवसरमा शुक्रबार प्रतियोगिताका सबै खेलहरू स्थगित गरिएको छ। शनिबार हुने सेमिफाइनल खेलमा मेघा ‘ए’ र मेघा ‘बी’ तथा हिमशिखर बोर्डिङ स्कुल र सुनाखरी एकेडेमीबीच प्रतिस्पर्धा हुने बास्केटबल प्रशिक्षक युगल लिम्बू माबोले जानकारी दिए।

माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताको समापन माघ ११ गते आइतबार हुने आयोजक धरान मेघा हिमालय कलेजले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved