जेनजी आन्दोलनपछि पहिलोपटक झापा आउँदै अध्यक्ष ओली

  • माघ ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन–जी आन्दोलनपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र दमक आउन लागेका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओली आज झापा आउने कार्यक्रम रहेको छ।

कार्यतालिकाअनुसार अध्यक्ष ओली बिहान १०:२५ बजे जहाजमार्फत भद्रपुर अवतरण गर्नेछन्।

एमाले केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै उनले झापा क्षेत्र नं. १ र ३ का नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै निर्वाचन तयारी र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिनेछन्।

त्यसपछि क्षेत्र नं. २ का लागि बिर्तामोड र क्षेत्र नं. ४ का लागि सुरूंगा पुगेर स्थानीय नेतृत्वसँग छलफल गर्ने कार्यक्रम छ।

आफ्नो निर्वाचन क्षेत्र दमक–५ मा भने अध्यक्ष ओलीले नेता तथा कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्नेछन्।

एमालेका अनुसार जेन–जी आन्दोलनका क्रममा जलाइएको दमकस्थित आफ्नै निवासमा समेत अध्यक्ष ओली जाने तयारी रहेको छ।

पार्टीले यस भ्रमणलाई जेन–जी आन्दोलनपछि अध्यक्ष ओलीको पहिलो क्षेत्रीय राजनीतिक सक्रियताका रूपमा अर्थ्याएको छ।

 

 

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved