वराहक्षेत्रमा दोस्रो संस्करणको टि -20 क्रिकेट प्रतियोगिता हुने

  • पुस २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिकामा दोस्रो संस्करणको वराहक्षेत्रमा टि -20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

वराहक्षेत्र क्रिकेट क्लबको आयोजनामा उक्त दोस्रो संस्करणको वराहक्षेत्र टि (द्दण् क्रिकेट प्रतियोगिता बुधवारबाट हुनेछ ।

वराहक्षेत्र नगरपालिका वडा नं २ तेह्र आरडि स्थित खेलमैदानमा पौष ३० गतेदेखि माघ ५ गते सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारले बताए ।

प्रतियोगिताको बारे मङलवार आयोजक क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारको सभाध्यक्षमा आयोजना भएको पत्रकार सम्मेलनमा क्रिकेट संघ सुनसरीका अध्यक्ष सिपि पौडेलको समेत सहभागिता रहेको थियो ।

साढे ६ लाख अनुमानित गरिएको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५१ हजार सहित ट्रफि र प्रमाण पत्र र दोस्रो पुरस्कार नगद ३१ हजार सहित ट्रफि र प्रमाण पत्र रहेको छ । खेलमा दैनिक म्यान अफ द म्याच र बिधागत उत्कृष्ट तथा सर्बउत्कृष्ट खेलाडीलाई नगद सहित ट्रफि प्राप्त गर्नेछन् । खेल आइसिसिको नियम अनुसार हुनेछ ।

प्रतियोगितामा आयोजक बराहक्षेत्र क्रिकेट क्लब सहित सुन्दर हरैचा मोरङ्ग , मिल्स क्रिकेट बिराटनगर , ए।एस। स्पोट विराटनगर , इटहरी आदर्श जाईन्ट्स , फुलबारी क्रिकेट क्लब इनरुवा ,तरहरा क्रिकेट इटहरी र युनाईटेड धरानले सहभागिता जनाउने आयोजक क्लबका सचिव धनाहाङ्ग सब्बाले बताए ।
वराहक्षेत्र नगपालिकामा पहिलो पटक गत वर्षबाट सुरु भएको प्रतियोगिताको नारा ू नेपालीको शान , खेलाडी उत्पादन गर्ने हाम्रो अभियान ू रहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved