झुम्का कारागारबाट भागेका कैदी कनकाई पुलमा बम राखेपछी पक्राउ

  • पुस २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/  झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक विस्फोटक पदार्थ राखी सर्वसाधारणमा त्रास फैलाएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल उर्फ सञ्जय रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत पुस १९ गते बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको थियो। उक्त बमलाई सोही दिन नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो।

घटनाको अनुसन्धानका क्रममा खरेलको संलग्नता पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट विस्फोटक सामग्रीसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। खरेल यसअघि पनि पटक–पटक बमसम्बन्धी घटनामा पक्राउ पर्दै छुट्दै आएको व्यक्ति रहेको प्रहरीको भनाइ छ।

यसै वर्षको पुस महिनामा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको कालीशक्ति गणको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको थियो। सो घटनामा समेत खरेल पक्राउ परेका थिए।.

त्यस्तै, २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए। उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।

प्रहरीका अनुसार खरेलले यसअघि दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि पुनः विस्फोटक आतङ्कमा संलग्न भएको पाइएको थियो। २०८१ साल चैतमा पनि उनी पक्राउ परेका थिए। ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका बेला उनी फरार भएको तथ्यसमेत खुलेको छ।

पछिल्ला केही वर्षयता बिर्तामोड र दमक क्षेत्रमा समेत बम राखेर त्रास फैलाउँदै आएको आरोप खरेलमाथि लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved