एम्बुलेन्समा गाँजा तस्करी, ५२१ केजीसहित दुई पक्राउ

  • पुस १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  मोरङको केराबारी गाउँपालिकामा एम्बुलेन्स प्रयोग गरेर लागूऔषध गाँजा तस्करी भइरहेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ।

प्रहरीले एम्बुलेन्सभित्र लुकाइछिपाई ल्याइँदै गरेको ५ सय २१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो।

आइतबार राति करिब ११ बजे केराबारी–५ लाफा टोल क्षेत्रमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त टोलीले एम्बुलेन्स चेकजाँच गरेको थियो। प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले प्र–१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेपछि चालक र सवार व्यक्ति फरार हुन खोजेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरी सहायक निरीक्षक फजिन्द्र तोलाङ्गीले एक राउण्ड हवाई फायर गरेपछि दुवैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। एम्बुलेन्सको विस्तृत जाँच गर्दा १६ पोका बनाएर राखिएको ५२१ केजी गाँजा फेला परेको थियो।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनकुटा शहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र सागुरिगडी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved