एम्स एकेडेमीमा भव्य फुड फेस्टिभल सम्पन्न

  • पुस ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  एम्स एकेडेमीको प्राङ्गणमा मङ्गलबार ख्रीष्टमस कार्निभलको अवसरमा फुड फेस्टिभल सम्पन्न भएको छ।
 
एम्स एकेडेमी अन्तर्गतको एम्स क्रियटिभ ग्रुपको आयोजनामा सम्पन्न कार्यक्रममा एम्स एकेडेमी तथा प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
 
फेस्टिभलमा विद्यार्थीहरूले आफैं सञ्चालन गरेका विभिन्न खानाका स्टलहरू आकर्षणको केन्द्र बने। स्टलहरूमा योमरी, चाकु, चिकेन चिली, अन्डा रोल, अन्डा बारा, फ्रेन्च फ्राइज, थुक्पा, चट्पटे, फ्राइड राइस, डोनट, चिया, कफी, किमा बारा लगायतका परिकारहरू राखिएका थिए।
 
त्यसैगरी विज्ञान प्रदर्शनीअन्तर्गत जीवविज्ञानसँग सम्बन्धित माइक्रोस्कोप, स्टार फिस, सी हर्स, जेली फिस, सर्प, लिजार्डलगायतका जीवहरूको नमुना प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल, गीत तथा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरूले उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
 
कार्यक्रमकी कोअर्डिनेटर दुर्गा सुबेदीका अनुसार खानाका स्टल सञ्चालनका लागि आवश्यक सामग्री विद्यार्थीहरूले आफैं खरिद गरी परिकार तयार पारेका हुन्। स्टलबाट आएको नाफा विद्यार्थीहरूले नै बाँडेर लाने व्यवस्था गरिएको छ भने कलेजले स्थान व्यवस्थापनमा मात्र सहयोग गरेको उहाँले जानकारी दिनुभयो।
 
विद्यार्थीहरूलाई आत्मनिर्भर, उद्यमशील र व्यवहारिक रूपमा सक्षम बनाउने उद्देश्यले फुड फेस्टिभल आयोजना गरिएको एम्स एकेडेमीका प्रिन्सिपल सन्तोष कोइरालाले बताउनुभयो।
 
स्टल अवलोकनपछि शिक्षा प्रेमी तथा शिक्षा निकेतन माध्यमिक विद्यालयका प्लस टु संयोजक आशिष मास्केले “विद्यार्थीहरूले अवसर पाएमा कति रचनात्मक र व्यवहारिक काम गर्न सक्छन् भन्ने कुरा आजको कार्यक्रमले स्पष्ट देखाएको छ,” भन्दै प्रशंसा व्यक्त गर्नुभयो।
 
फुड फेस्टिभलले विद्यार्थीहरूको सिर्जनशीलता, उद्यमशीलता र व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ रहेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved