सुनसरीबाट ब्राउन सुगरसहित चार युवक पक्राउ

  • मंसिर १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका–१ स्थित पश्चिम बस स्टेसन क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणको ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजे शंकास्पद रूपमा आपसमा कुरा गर्दै रहेका चार जनामाथि चेकजाँच गर्दा एक जनाको साथबाट ब्राउन सुगर १४१.४६० ग्राम लागूऔषध फेला पारिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगर–१८ का २० वर्षीय मोहमद साबिर, वर्ष २४ का रहमत अली र वर्ष २४ कै मोहमद असलम रहेका छन्।

जाँचका क्रममा मोहमद असलमको झोलाबाट अवैध ब्राउन सुगर बरामद भएपछि सबैलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया थालिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय पकली, सुनसरीमा राखी लागूऔषध कारोबारमा उनीहरूको संलग्नता लगायतका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved