धरानमा पाँच किलोमिटर लियो इन्टरस्कुल रन शनिबार हुँदै

  • मंसिर १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान / लियो क्लब अफ धरान विजयपुरले विद्यार्थी लक्षित ‘पाँच किलोमिटर लियो इन्टरस्कुल रन’ प्रतियोगिता यस वर्ष पनि शानदार रूपमा आयोजना गर्न लागेको छ।

प्रतियोगिता मंसिर २० गते शनिबार भानुचोकबाट सुरु हुनेछ, जहाँ कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरू प्रतिस्पर्धामा उत्रिनेछन्।

सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबकी अध्यक्ष वर्षा गुरुङले लियो सप्ताहको छैटौं दिन विशेष कार्यक्रमका रूपमा रन आयोजना गरिएको बताइन्। कक्षा ७–१० र ११–१२ गरी दुई समूहमा विभाजन गरेर छात्र–छात्रा छुट्टाछुट्टै प्रतिस्पर्धा गरिने संयोजक प्रतीक ओझाले जानकारी दिए।

विजेताहरूका लागि आकर्षक पुरस्कार व्यवस्था गरिएको छ। प्रथम हुने सबैले जनही ९ हजार रुपैयाँ, मेडल र उपहार पाउनेछन्। त्यसैगरी दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाण–पत्र प्राप्त गर्नेछन्। साथै दौड पूरा गर्ने एक सय विद्यार्थीलाई अतिरिक्त मेडल र सबै सहभागीलाई टिसर्ट तथा सहभागिताको प्रमाण–पत्र वितरण गरिनेछ।

नेपाल लाइफ इन्स्योरेन्स मुख्य प्रायोजक रहेको प्रतियोगिता भानुचोकबाट सुरु भई पुतलीलाइन, दुर्गाचोक, कल्याणचोक, पानीट्याङ्की, छाताचोक, सिंहदेवीचोक, देशीलाइन हुँदै भानुचोकमै टुङ्गिनेछ।

गतवर्ष करिब ८ सय विद्यार्थी सहभागी भएका थिए। सोही क्रममा कक्षा ११–१२ समूहमा ओशन राई र पुष्पा शेर्मा लिम्बू तथा कक्षा ७–१० समूहमा ईश्वर राई र जुली राई विजेता बनेका थिए।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved