धरानमा ५ दिने भव्य चासोक तङनाम उत्सव हुने

  • मंसिर १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लिम्बु समुदायले उधौंलीलाई मुख्य पर्वका रूपमा स्थापित गर्दै आएको स्पष्ट गर्दै किरात याक्थुङ चुम्लुङले यस वर्ष पनि ५ दिने भव्य चासोक तङनाम उत्सव गर्न लागेको छ।

सोमबार पत्रकार सम्मेलनमा चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले भने, मुन्धुम अनुसार अन्नबाली प्रकृतिलाई चढाउने उधौंली अनुष्ठानकै विस्तार आजको चासोक हो।

राणा शासनको दमनपछि ओझेल परेका मौलिक पर्वहरू २०४६ को परिवर्तनपछि पुनः जीवनमा फर्किएको उनको भनाइ थियो।

चुम्लुङ सल्लाहकार हर्ष सुब्बाले २०५० सालको महाधिवेशनले चासोकलाई मुख्य पर्वको रूप दिँदै धरान–१९ मा पहिलो ३ दिने उत्सव सुरु भएको स्मरण गराए।

सांस्कृतिक अभियन्ता मोहनकुमार हुक्पाचोङबाङका अनुसार चासोक अब केवल अन्नपूजासम्म सीमित नभई गाउँ–टोल र घरघरमा सामूहिक रूपमा मनाइने पर्व बनेको छ।

यस वर्ष पनि धरानमा ५ दिने चासोक मेला धुमधामका साथ हुने भएको छ।

मंसिरे पूर्णिमाका दिन पर्ने सिरिजंगा जन्म जयन्तीमा धरान–८ तीनकुनेस्थित शालिकमा विशेष माल्यार्पण र श्रद्धाञ्जली हुनेछ। सो स्थानलाई गत वर्ष ‘सिरिजंगा चौक’ नाम दिइएको थियो।

उत्सव कार्यक्रमसूची

• मंसिर १७ — विजयपुरस्थित किरातकालीन राजाको गढी स्थल सरसफाइबाट सुरु

• मंसिर १८ — सांस्कृतिक र्‍याली, तङसिङ अनुष्ठान, गढी पूजा

• मंसिर १९ — उद्घाटन समारोह, बाल कलाकारहरूको प्रस्तुति

• मंसिर २० — यालाङ धान नाच, केलाङ–च्याब्रुङ प्रतियोगिता, पालाम–ख्याली–लिम्बु गीत

• मंसिर २१ — परम्परागत खेलकुद

• २२ गते — आदिवासी जनजाति महासङ्घ सम्बद्ध संस्थाहरूको सांस्कृतिक प्रस्तुति सहित समापन

प्रति साँझ साङ्गीतिक कार्यक्रम हुनेछ। यसपटक लोकप्रिय गायक दीपक लिम्बु सहित राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

उत्सवमा २५ वटा प्रदर्शनी स्टल, जातीय परिकार र मंसिर २१ मा निःशुल्क आँखा उपचार शिविर पनि संचालन हुनेछ।

 

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved