विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई दियो १३६ रनको लक्ष्य

  • मंसिर ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं /  नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोडेको हो ।

विराटनगरको पारीमा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसके पनि मध्यक्रमका शुभम रञ्जने र बसिर अहमदले जुझारु पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए । शुभम रञ्जनेले २९ बलमा २ चौका र २ छक्काको मद्दतले ३७ रन बनाए भने बसिर अहमदले ३५ बलमा ३ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए।

ओपनर मार्टिन गुप्टिल १३ रन र जर्ज मुन्से १० रनमा चाँडै आउट भएपछि दबाबमा आएको विराटनगरको पारीलाई लोकेश बमले २८ रन बनाएर केही हदसम्म सम्हालेका थिए।

जनकपुर बोल्ट्सका लागि बलर सङ्गीत कूरयले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र २६ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए। त्यस्तै, रुपेश सिंहले पनि २ विकेट हात पारे।

अनिल साहको कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत गर्न जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ । यता सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौंँविरुद्ध जित दर्ता गरेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो । आज उक्त बदला लिने सोचमा विराटनगरको रहने छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved