शीर्ष वैज्ञानिकको सूचिमा परेका डा. सञ्जीव शर्माले धरानेलाई सम्झिए

  • मंसिर २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठुलो योगदान रहेको प्रा.डा. सञ्जीव शर्माले बताउनु भएको छ । 

मंगलबार धरानमा पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै प्रा.डा. शर्माले भन्नुभयो मैले करिव २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ ।

मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो ।

प्रा.डा. शर्माले भन्नुभयो काम हामी सबै मिलेर टिमले गरेका हौ । तर, नाम मात्रै मेरो आएको हो ।  

हालै अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रा.डा शर्मा पनि छनोट हुनु भएको हो । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा सञ्जीव शर्मा सर्पदंश, मुटु रोग र मिर्गौला रोगलगायत विषयमा गर्नुभएको महत्वपूर्ण अध्ययन र अनुसन्धानका लागि ग्लोबल वैज्ञानिक प्रभाव र्‍याकिङमा नेपालको तर्फबाट विश्वका शीर्ष स्वास्थ्य वैज्ञानिकको सूचीमा पर्नु भएको हो ।

वहाँ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आउनुभएको छ । 

पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै वहाँले विश्वका वैज्ञानिकहरु नेपालमा आउन चाहिरहेको र यहाँका दूरदराजका जनताबीच काम गर्न चाहिरहेको बताउनुभयो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा युवा नेता भीमज्वाला राईको संयोजन र सहजीकरणमा भएको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुब्बा सहितका सञ्चारकर्मीहरुसंग अन्तरक्रिया भएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved