धरानको पुनर्स्थापना केन्द्रमा निर्मम कुटपिट: युवकले गुमाए ज्यान, ९ जना पक्राउ

  • कार्तिक २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

सुनसरी/  धरान–११ मंगलबारेस्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकमाथि गरिएको निर्मम कुटपिटका कारण ज्यान गएको घटनाले ठूलो रहस्योद्घाटन गरेको छ। घटनामा संलग्न रहेको आरोपमा केन्द्रका सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

तेह्रथुम मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईलाई पुनर्स्थापना केन्द्रमै पाता कसेर, कम्मरमा कम्ब्याट लगाई, हात–खुट्टा बाँधेर लडाउँदै कुटपिट गरिएको पुनर्स्थापना केन्द्रको सीसी क्यामेरा फुटेज जाँच गर्दा  देखिएकोइलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

गम्भीर घाइते भएका राईको उपचारका क्रममा गत मंगलबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।

प्रहरीले केन्द्रको सीसी क्यामेरा फुटेज परीक्षण गर्दा राईमाथि गरिएको यातनापूर्ण व्यवहार स्पष्ट देखिएको जनाएको छ।

घटनापछि धरान–८ का केन्द्र सञ्चालक मणिराज राईसहित राकेश प्रधान, श्रवण राजधानी, निकेश सुनुवार, सुरेन लिम्बु, हस्तबहादुर विश्वकर्मा, बिरु लिम्बु, सचिन राई र विजय चौधरीलाई पक्राउ गरिएको हो।

सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved