एम्बुलेन्समै गाँजा ओसार–पोसार: ३३ किलोभन्दा बढी लागूऔषधसहित दुई जना समातिए

  • कार्तिक २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ मोरङको जहदा गाउँपालिका–३ मा एम्बुलेन्समार्फत ठूलो परिमाणमा गाँजा ओसार–पोसार हुँदै गरेको छ भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति गरेको छापामा ३३ किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त टोलीले स.१ च ६५६ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र लुकाइ–छिपाइ गरिएको ३३ किलो ६१० ग्राम गाँजा फेला पारिएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।

गाँजा बरामदसँगै एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्ससँगै सुरक्षा जस्तै गर्दै पछी–पछि आएका को.३१ प ८८८९ नम्बरका मोटरसाइकल चालक जहदा–३ का ३२ वर्षीय दिलिप कुमार राजवंशी दुबै जनालाई प्रहरीले घटनास्थलमै नियन्त्रणमा लिएको हो।

प्रहरीले बरामद गरिएको गाँजा, एम्बुलेन्स र मोटरसाइकलसहित प्रतिवादी दुबै जनाविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved