धनकुटा–भोजपुरमा प्रहरीले हजारौँ गाँजाका बोट फडानी गरी नष्ट गर्‍यो

  • कार्तिक १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत प्रहरीले धनकुटा र भोजपुरका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।

अभियान अन्तर्गत कार्तिक १८ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–२ का विभिन्न क्षेत्रमा फैलिएको करिब ५ रोपनी जमिनमा उम्रिएका ९ हजार ५ सय वटा गाँजाका बोट फडानी गरी आगो लगाएर नष्ट गरेको जनाएको छ।

त्यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिकाका विभिन्न पाखा–बारीमा अवैध रूपमा लगाइएका तथा आफैं उम्रिएका १ हजार १ सयभन्दा बढी गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ।

प्रहरीका अनुसार कोशी प्रदेशभर नै अवैध गाँजा खेती नियन्त्रण गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइएको छ।

gajabhadani

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved