‘परान’ ले हल हल्लायो : पारिवारिक भावनाले दर्शकलाई रुवायो

  • कार्तिक १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  हाल प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘परान’ ले देशभरका सिनेमा हलहरूमा दर्शकको मन जित्दै उत्कृष्ठ प्रतिक्रिया बटुलिरहेको छ।

वरिष्ठ कलाकार नीर शाह र मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयले सिँगारिएको यो चलचित्रले परिवार, माया र सम्बन्धका गहिरा भावनालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ।

चलचित्र हेरेर दर्शकहरू भावविह्वल बनेको दृश्यहरू अहिले सामाजिक सञ्जालभर भाइरल बनेका छन्। कोही आँसु पुछ्दै निस्किन्छन्, कोहीले त “लामो समयपछि यस्तो नेपाली फिल्मले मन छोयो” भन्दै प्रतिक्रिया दिएका छन्।

‘परान’ मा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ र बबिन राईलगायतका कलाकारहरूको सशक्त अभिनयले कथालाई अझ सजीव बनाएको छ।

शेखर गोल्छा र रञ्जित आचार्यको संयुक्त निर्माणमा तयार यो चलचित्रमा शिवराम श्रेष्ठको आकर्षक छायाङ्कन, मित्र डी गुरुङको सशक्त सम्पादन र गगन थापा मगरको मार्मिक संगीतले फिल्मलाई पूर्णता दिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved