भारत हुँदै नेपाल भित्र्याउँदै थिए हिरोइन, मेचीनगरमा समातिए युवक

  • कार्तिक १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

झापा/ भारतबाट नेपालतर्फ हिरोइन भित्र्याउने क्रममा एक युवक झापामा प्रहरीले पक्राउ गरेको छ।

मंगलबार साँझ करिब ५ बजेतिर झापा जिल्ला मेचीनगर–६, मेचिपुल नजिक लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेपछि एक पैदल यात्रुलाई जाँच गरेको थियो।

जाँचका क्रममा सो युवकको साथबाट खैरो हेरोइन लिसाइला पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति नुवाकोट किस्पाङ गाउँपालिका–३ का २७ वर्षीय रामबहादुर तामाङ रहेको खुलासा भएको छ। उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापजाँच गर्दा प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम र प्लास्टिक बाहेक १७ ग्राम २०० मिलिग्राम तौल भएको प्रहरीले बताएको छ।

तामाङलाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार सीमाक्षेत्रमा पछिल्लो समय लागुऔषध ओसारपसारका घटना बढ्दै गइरहेकाले प्रहरीको नियमित अनुगमन र कडाइका अभियानहरू सञ्चालन भइरहेका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved