धनकुटाको निगालेमा साइराम बस दुर्घटना,२ जनाको मृत्यु,पाच घाइते
- असोज २९, २०८२
- कोशीपत्र/संवाददाता
फाइल तस्बिर
धनकुटा/ बिराटनगरबाट धनकुटाको जितपुर आउदै गरेको साइराम बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छ्न ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा सदरमुकाम नजिकै निगाले भन्ने ठाउँमा टायर पड्किएर बस दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्युहुने हरुमा महालक्ष्मी नगर पालिका ९ का ६० बर्षिय डिल्ली बराल र महालक्ष्मी ६ कि ५२ बर्सिया गङ्गा कार्की रहेका छ्न ।
घाइते हुनेमा धनकुटा ४ लोकसेवा कि दुर्गा तिम्सिना,केराबारी ९ मोरङकी ६० बर्षिया देबी नेउपाने,महालक्ष्मी ९ कि ७५ बर्षिया तारादेबी काफ्ले,महालक्ष्मी ७ जितपुरकी ३२ बर्षिया सिर्जना जिमि,महलक्ष्मी ८ कि १७ बर्षिया खुसी लुङेली र सुन्दर हरैचा ७ गछिया कि अनिता खड्का रहेका छ्न ।
घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भैरहेको छ । केही घाइतेलाइ थप उपचारका लागि धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान ल्याइदै गरेको जानकारी प्राप्त भएको छ ।