बराहक्षेत्रमा मेडिकल सञ्चालिका पक्राउ, ठूलो परिमाणमा नियन्त्रित औषधि बरामद

  • असोज २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 सुनसरी/  बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुबेक्षा मेडिकल पसलमा प्रहरीले ठूलो परिमाणमा नियन्त्रित औषधि बरामद गरेको छ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सो मेडिकलमा छापा मारी SPASREST नामक ७८० ट्याब्लेट फेला पारेको हो।

प्रहरीका अनुसार मेडिकल सञ्चालिका ४० वर्षीया शान्ति राजधामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याइएको छ।

बरामद औषधि र पक्राउ परेकी राजधामीलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, विराटनगरमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले स्वास्थ्यसेवा र औषधि व्यापारसँग सम्बन्धित कानुन उल्लंघन गर्ने गतिविधिमा संलग्नहरूलाई कारबाही कडा पार्ने चेतावनी समेत दिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved