धरानका सन्तोष ईनरुवामा ब्राउनसुगरसहित पक्राउ

  • असोज २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय सन्तोष बस्नेत ईनरुवामा लागूऔषधसहित पक्राउ परेका छन् ।

बुधबार बिहान करिब ९:३० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले ईनरुवा नगरपालिका–४ बसचोक नजिक जाँच गर्ने क्रममा बस्नेतलाई नियन्त्रणमा लिएको हो ।

लौकहीबाट ईनरुवातर्फ आउँदै गरेका बस्नेत सवार को ३२ प ५३६७ नम्बरको मोटरसाइकल रोकि खानतलासी गर्दा उनको साथबाट ब्राउनसुगर  १२.७० ग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषध र मोटरसाइकलसहित बस्नेतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लागूऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले पछिल्ला दिनमा कडाइका साथ चेकजाँच कार्य तीव्र पारेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved