सुनसरीका प्रहरी प्रमुखको ह्वाट्सएप ह्याक, ठगले माग्न थाले रकम!

  • असोज २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको आधिकारिक ह्वाट्सएप नम्बर ९८५२०८५५५५ शुक्रबार राति ह्याक गरिएको छ।

अन्वेषण योजना तथा विकास शाखाका अनुसार, राति करिब ८:४५ बजे अकाउन्ट नियन्त्रणबाहिर पुगेपछि उक्त नम्बरबाट विभिन्न व्यक्तिहरूलाई रकम माग्ने र अनावश्यक सन्देश पठाउने कार्य सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले ह्याक भएको नम्बरबाट पठाइएका सन्देशहरूमा कसैले पनि विश्वास नगर्न आग्रह गरेका छन्।

उनले भने,

“उक्त नम्बरबाट रकम माग्ने वा कुनै अनुरोध आउने सन्देशमा प्रतिक्रिया नदिनुहोस्। ठगहरूले गलत उद्देश्यले प्रयोग गरिरहेका छन्।”

प्रहरीले ह्याकिङसँग सम्बन्धित कुनै पनि शङ्कास्पद सन्देश वा गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।

थप विवरणका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडा (मो.नं. ९८५२०५४७२८०) सँग सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved