धरानमा जेन जी आन्दोलनको आवरणमा तोडफोड–लुटपाट गर्नेविरुद्ध किटानी जाहेरी

  • असोज २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/धरानमा जेनजी आन्दोलन समाप्त भइसकेपछि भएको तोडफोड र आगजनीका घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै ६ जना पीडितले बिहीबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दर्ता गरेका छन् ।

भदौ २३ र २४ गते सम्पन्न भएको जेनजी आन्दोलनको नाममा, व्यक्तिगत रिसइवी साँध्ने उद्देश्यले योजनाबद्ध रुपमा तोडफोड र आगजनी भएको दावी गर्दै उनीहरूले १३ जना भन्दा बढीको नाममा जाहेरी दिएका हुन् ।

जाहेरी दर्ता गर्नेहरूमा पूर्व संघीय सांसद जयकुमार राई, नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपाल, पूर्व उपमेयर मञ्जु भण्डारी सुवेदी र सुवेदीको घरमा डेरा गरी अध्ययन गरिरहेकी एक युवती छन् । 

पीडितहरूका अनुसार उनीहरूले घटनाको स्पष्ट फुटेज र विभिन्न स्थानमा रहेका सीसी क्यामेरा प्रमाणका रूपमा प्रस्तुत गर्दै नामै किटान गरेर जाहेरी दिएका हुन् ।

उनीहरूले धरानमा योजनाबद्ध रूपमा “छानी छानी“ व्यक्तिको सम्पत्तिमाथि आक्रमण गरिएको भन्दै स्थानीय सरकारकै संरक्षणमा यस्तो कार्य भएको आशंका व्यक्त गरेका छन् ।

जाहेरी दर्ताका क्रममा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कोशी प्रदेशका सांसद रमेश बस्नेत र विजयकुमार राई पनि उपस्थित थिए । सांसद बस्नेतले बोल्दै अराजक गतिविधि गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने धारणा राखे ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले पूर्व मेयर मनोज मेन्याङ्बोले दिएको उजुरीको आधारमा ५ जनालाई नियन्त्रणमा लिइसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले नयाँ जाहेरीहरूलाई पनि गम्भीरताका साथ लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए । 

पूर्व मेयर मनोज मेन्याङ्बोले मंगलबार नै व्यक्तिगत सम्पत्ति तोडफोडमा संलग्नमाथि उजुरी दिएका थिए । त्यसको दुई दिनपछि बिहीबार एकैपटक ६ जनाले प्रहरीसमक्ष जाहेरी दर्ता गरेका हुन् ।

पीडितहरूले आन्दोलनको नाममा विध्वंसकारी तत्वहरूले व्यक्तिगत रिसइवी साँध्न खोजेको र त्यसमा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved