देशको बागडोर सुशीला कार्कीको हातमा, आज राति ९ बजे शपथ

  • भदौ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/असामान्य राजनीतिक परिस्थितिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै पदमा नियुक्त गर्ने र राति ९ बजे शपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

यसअघि, नयाँ सरकार गठनका विषयमा छलफल गर्न कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल शीतल निवास पुगेका थिए।

लामो छलफलपछि अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिने सहमति बने पनि संसद् विघटनबारे भने लामो छलफल भएको थियो । पोखरेलका अनुसार यो विषयमा कार्कीले शपथग्रहणपछि औपचारिक धारणा सार्वजनिक गर्नेछिन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको व्यापक दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए। असामान्य परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपतिले सोही दिन ओलीको राजीनामा स्वीकृत गरेका थिए।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved