सुनसरी /पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार बेलुकी शीतल निवासमा बसेको उच्चस्तरीय छलफलपछि ‘आवश्यकताको सिद्धान्त’ का आधारमा यस्तो निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।
संविधानको धारामा स्पष्ट प्रावधान नहुँदा पनि संसद विघटन नगरी, संविधानलाई यथावत् राख्दै र राजनीतिक दलहरूको सहमतिमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन लागेकी हुन् । अहिले बिहान ९ बजे उनलाई शपथ खुवाइने तयारी भएको छ ।
शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।
वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार कसरी अघि बढ्ने भन्नेबारेमा चर्चा भएको बुझिएको छ।
बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे ।
यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका छन्।