झुम्का कारागारमा भाइरल सङ्क्रमण : बीपीले आरआरटी परिचालन

  • भदौ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको झुम्का कारागारमा फैलिएको स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ।

सयौँ कैदीबन्दीमा ज्वरो, शरीर दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानले यस्तो कदम चालेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा भाइरल सङ्क्रमणको आशङ्का गरिएको छ।

भदौ १८ गते साँझ ७ बजे कारागारमा देखिएको समस्याबारे जानकारी पाएलगत्तै अस्पताल निर्देशकको अध्यक्षतामा ९ सदस्यीय आरआरटी खटाइएको सह–प्रवक्ता डा. अभिजीत कुमारले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। टोलीमा मेडिसिन, इमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टिस, एनेस्थेसियोलोजी विभागका चिकित्सक, नर्स र ल्याब प्राविधिकहरु समावेश थिए।

आरआरटीले १ हजार ८ सयभन्दा बढी कैदीमध्ये करिब ४ सय जनामा समस्या हुन सक्ने आकलन गर्दै स्क्रिनिङ गरेको थियो। जसमध्ये सय जनामा उच्च ज्वरो देखिएको र अधिकांशमा ‘एन्जाइटी’ देखिएको प्रतिष्ठानले जनाएको छ।

जाँचको विवरण:

  • ३५ जनाको डेङ्गु परीक्षण गर्दा २ जनामा पोजेटिभ
  • १० जनाको कोभिड परीक्षण सबै नेगेटिभ
  • १२ जनालाई थप निगरानीका लागि बीपीको इमर्जेन्सीमा भर्ना, हाल अवस्था सामान्य

यसअघि १०–१२ दिनयता यस्तै समस्या देखिँदै आएको र यससँग सम्बन्धित ३ कैदीबन्दीको मृत्यु भइसकेको पनि पुष्टि गरिएको छ। मृतकमध्ये एकजनाको कारागारमै, एकजनाको इनरुवा जिल्ला अस्पतालमा र एकजनाको बीपी प्रतिष्ठानमा निधन भएको हो। प्रतिष्ठानमा मृत्यु भएका बिरामी सेप्टिक शक र मल्टिपल अर्गन डिसफङ्क्शन सिन्ड्रोम को अवस्थामा पुगेका थिए।

यसैबीच, करिब १५ दिनअघि कारागारबाट आएका अर्का बिरामीमा जापानी इन्सेफलाइटिस (JE) पत्ता लागेपछि सफलतापूर्वक उपचार गरी घर पठाइएको थियो।

समीक्षा बैठक र निष्कर्ष
भदौ १९ गते बिहान बसेको संयुक्त बैठकमा विभागीय प्रमुखहरुले भाइरल संक्रमण नै कारण भएको सम्भावना उच्च रहेको बताएका छन्। बैठकले हाल आत्तिने अवस्था नभए पनि सर्वसाधारणले सावधानी अपनाउनुपर्ने र प्रतिष्ठानले संकट व्यवस्थापनमा प्रशंसनीय भूमिका खेलेको निष्कर्ष निकालेको छ।

यसैगरी विश्व स्वास्थ्य संगठन (WHO) को डिजास्टर टीमले पनि कारागार र प्रतिष्ठानमा रहेका बिरामीको नमूना सङ्कलन गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved