सुनसरी/मलद्वारभित्र ब्राउनसुगर लुकाएर ओसारपसार गर्ने क्रममा दुई युवक सुनसरीमा पक्राउ परेका छन्।
जिल्ला सुनसरीमा प्रहरीले छुट्टाछुट्टै अपरेशनमार्फत दुई युवकलाई पक्राउ गरेको छ।
इनरुवा–४ बसचोकमा नियन्त्रण
बुधबार दिउसो ०३ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले ईनरुवा–८ बस्ने ३० वर्षीय दशरथ खवासलाई पक्राउ गरेको हो। लौकहीबाट झुम्कातर्फ पैदल जाँदै गरेका उनको साथबाट प्रहरीले ३.४६ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।
लौकहीमा मलद्वारभित्र लुकाएको अवस्थामा बरामद
साेहिदिन कोशी गाउँपालिका–१ लौकहीचोकमा शंकास्पद ढंगले हिँडिरहेका उदयपुर बेलका नगरपालिका–५ बस्ने ३० वर्षीय बिरधन तामाङलाई प्रहरीले पक्राउ गरेको छ। खानतलासी गर्दा उनले मलद्वारभित्र लुकाएको अवस्थामा २.४२ ग्राम ब्राउन सुगर भेटिएको प्रहरीको भनाइ छ।
दुवै जनालाई पक्राउ गरी बरामद गरिएको लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।