धरानका सागर सहित दुई कैदीबन्दीको मृत्यु

  • भदौ १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/सुनसरीको झुम्का कारागारमा धरानका सागर राई सहित दुई जना कैदी बन्दीको मृत्यु भएको छ ।

धरान निवासी वर्ष २४ को सागर राई र सुनसरी गढी गाउँपालिका ६ बस्ने वर्ष ४८ को रामदेव उराँवको मृत्यु भएको हो ।

उराव कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । राई लागु औषध मुद्दामा पुर्पक्षको लागी कारागारमा कैद भुत्तान गरिरहेका थिए ।

शनिवार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई उपचारको लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उरावको उपचारको क्रममा सोमबार बिहान सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागु औषध मुद्धामा पुर्पक्षको लागी कारागारमा रहेको अर्का कैदी राईलाई बान्ता हुने, शरीर नचल्ने समस्या आएपछि उनलाई पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा आज बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव आफन्तले बुझी लगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

कारागारमा एकै दिन दुई जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ ।

सुरक्षा समितिले कारागारको दुवै ब्लकका कैदीहरूको स्वास्थ्य विवरण लिने र गम्भीर स्वास्थ्य समस्या भएका कैदीलाई स्थानान्तरण गर्नेसम्मको योजना बनाएको प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले जानकारी दिए ।

झुम्का कारागारको दुवै ब्लकमा गरी १ हजार ७ सय ९४ जना कैदी रहेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved