बुढीगंगाको नहरमा अज्ञात महिलाको शव फेला

  • भदौ १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर: सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर

विराटनगर/ मोरङको बुढीगंगामा नहरले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार बिहान करिब साढे ८ बजे बुढीगंगा गाउँपालिका–७ मा शव भेटिएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार करिब ३० देखि ३२ वर्षकी देखिने महिलाको शव भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन ।
‘नहरमा शव बगिरहेको जानकारी पाएपछि प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । बाहिर निकाल्दा ती महिलाको मृत्यु भइसकेको अवस्थामा भेटियो,’ डीएसपी चुँडालले बताइन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । मृतकको पहिचानका लागि सबै क्षेत्रमा हुलिया परिपत्र गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved