धरान/ साउन महिनाभरि बलिदिन नपाउँदा सुनसान रहेको धरान १४ विजयपुरको बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न आउनेहरुको संख्या अत्याधिक बढेको छ ।
साउन महिनाभरि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकोले धरानका सबै मठ मन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने भएकोले सुनसान रहेको बुढासुब्बा मन्दिरमा शनिवार भक्तजनहरुको अत्याधिक भीड बढेको हो ।
धरान उपमहानगरपालिकाको शीरमा रहेको बुढासुब्बाक मन्दिरमा कुनै पनि नौलो काम गर्न लागेको समयमा यहाँ पूजाआजा गर्ने र बलि चढाउने परम्परा बर्षौदेअ रहीआएको छ । साउनमहिनाभरि बलि चढाउन नपाउने भएकोले प्रत्येक बर्ष बोलबम मेला सकिएपछि यो मन्दिरमा अत्याधिक भीड हुने गरेको हो ।
नेपालमै एक मात्र मन्दिर बुढासुब्बा मन्दिरमा माया गर्ने जोडी तथा भर्खरै विवाह बन्धनमा बाधिएका जोडीहरु यस मन्दिरमा पहिला दर्शन गर्न आउने गर्छन । भर्खरै विवाह बन्धनमा बाधिएकी झापाकी ममता साह विवाह बन्धनमा बाँधिएपछि बुढासुब्बा मन्दिरमा आएर दर्शन गर्दै जोडीले बासमा धागो बाधे ।
धागो बाँध्दा दाम्पत्य जीवन सुखमय हुने विश्वासले बुढासुब्बा मन्दिरमा दर्शन गर्न आएको उनी सुनाउँछिन ।
यस्तै मोरङबाट आएका नव जोडी सुमन मेहता र मनिता यादवको जोडीले पनि यसरी नै बुढासुब्बाको दर्शनपछि नजिकै रहेको बासमा धागो बाँधेका थिए ।
धागो बाँध्दा दाम्पत्य जीवन सुखमय हुने विश्वासले पछिल्लो समय नव जोडी तथा प्रेममा परेका युवायुवती यहाँ आएर बासमा धाँगो बाँध्ने गरेका छन् ।
यस मन्दिरमा भाकल गरेर भाकल बुझाएको खण्डमा मनोकांक्षा पूरा हुने जनविश्वास भएर नेपालबाटमात्र हैन भारतका विभिन्न स्थानबाट यस मन्दिरमा भागकल चढाउन आउने गरेका छन् ।
भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी चढाउने परम्परा रहेको छ । भक्तजनहरु पनि बुढासुब्बा र र्गाैरेनी माताको मन्दिरमा आएर पूजाआजा गर्दा वा भाकल बुझाउदा मनोकांक्षा पूरा हुने बताउँछन् ।
अन्य बेला भन्दा भदौ महिनामा बुढासुब्बा मन्दिरमा अत्यधिक भीड हुने गरेको बुढासुब्बा मन्दिरमा फूलमाला विक्री गर्दै आउनुभएका मोहम्मद जमिन बताछन् । फूलमालाको व्यवसाय गर्दै आउनु भएका उहाँले साउन महिनाभरि मन्दिरमा काटमार नहुने भएकोले यो समयमा अत्याधिक भीड हुने गरेको बताए ।
साउन महिनाभरि बोलबम हुने र धरानका सबै मन्दिरमा बली नदिने निर्णय गरिएको छ । बलि चढाउने तथा दर्शन गर्न आउनेको संख्या एकिन नभए पनि पौराणिक ग्रन्थमा आस्था राखेर आउनेको सख्या लाखौ हुने गरेको छ ।
कोशी प्रदेशमै एकमात्र विजयपुरमा रहेको बुढामन्दिरको महिमा चुलिदै जाँदा भक्तजनहरुसमेत अत्यधिक हुन गरेको पाइएको छ ।