धरानमा ट्याम्पो–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • भदौ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/  सुनसरीको धरान–१४ बिजयपुरमा(मंगलबार) आज बिहान भएको ट्याम्पो र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिजयपुर चौकदेखि बुढासुब्बा र नारायणपुर जाने बाटोको बीच भागमा रहेको रूख नजिकै को १ ह ६०२९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक धरान–१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार बिहान करिब १०:१५ बजे भएको उक्त दुर्घटनापछि गम्भीर घाइते मगरलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।

उक्त घटनापछि ट्याम्पो चालक धरान–१४ बस्ने ३१ वर्षीय अबिनास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved