चोरी भएको मोटरसाइकलसहित दुई युवक पक्राउ

  • भदौ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ । सो क्रममा चोरीमा संलग्न दुई युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङकी पुष्पमाया खतिवडाको घर कम्पाउण्डमा पार्किङ गरी राखिएको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो ।

विशेष सूचनाका आधारमा भदौ २ गते दिउँसो करिब २ बजे भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा झापाको गौरीगन्ज गाउँपालिका–५ का २० वर्षीय रोम भन्ने प्रकाश यादव र विर्तामोड नगरपालिका–१ का २० वर्षीय ओम प्रकाश खडका सवार थिए । उनीहरू मोटरसाइकल नेपाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा पठाइएको प्रहरीले जनाएको छ ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved