धरानकी अनिता राई सप्तकोशी किनारमा मृत फेला

  • भदौ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मोटरसाइकलमा बुबासँगै खोलामा बगेर बेपत्ता भएकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला परेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र–९ स्थित राजाबासमा (आइतबार)आज बिहान अनिताको शव भेटिएको हो।

“दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,” निरीक्षक कुँवरले बताए। हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान पठाउने तयारी भइरहेको छ।

गत शुक्रबार दिउँसो करिब १:५० बजे बराहक्षेत्र–१ मा पर्ने मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोलाले मोटरसाइकलमा सवार बुबाछोरीलाई बगाएको थियो।

धरान–१६ का जीवन राई र उनकी छोरी अनिता राई सवार मोटरसाइकललाई आकस्मिक बढेको भेलले बगाएपछि दुवै जना सप्तकोशीमा पुगेका थिए।

स्थानीयवासी र प्रहरीले तत्कालै बुबा जीवनलाई सकुशल उद्दार गरेका थिए। तर छोरी अनिता भने कोशीमा हराएकी थिइन्। त्यसयता प्रहरी, स्थानीय तथा कायकमार्फत दिनहुँ खोजी कार्य भइरहे पनि उनी फेला परेकी थिइनन्।

घटनापछि लगातार खोजी भइरहे पनि चार दिनपछि मात्रै सोमबार बिहान राजाबासमा अनिताको शव भेटिएको हो। यससँगै उक्त घटनाले धरान क्षेत्र शोकाकुल बनेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved