धरान–विराटनगरमा कृष्ण जन्माष्टमी रथयात्रा भव्य तयारी,२ बजे देखी सुरु हुने

  • भदौ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/  हिन्दुहरूको पावन पर्व कृष्ण जन्माष्टमीको समापनको अवसरमा आज आइतबार धरान र विराटनगरमा भव्य ‘श्रीकृष्ण रथयात्रा’ आयोजना हुँदैछ।

धरानमा दिउँसो २ बजे गीता भवन परिसरबाट सुरु हुने रथयात्राले यस वर्ष २१ वर्ष पूरा गरेको गीता भवन सञ्चालक समितिका उपाध्यक्ष प्रा. डा. गोपालप्रसाद भण्डारीले जानकारी दिए।

रथयात्रा छाता चौक, लक्ष्मी चौक, पुरानो बजार, भौडी चौक हुँदै भानु चौकमार्गबाट पुनः गीता भवनमा विसर्जन गरिनेछ। यसपटक पनि भक्तजनले डोरी तानेर रथ तान्ने परम्परा कायम भए पनि, भौगोलिक र प्राविधिक कारणले सवारी साधनमार्फत रथयात्रा सम्पन्न गरिने भएको छ।

त्यस्तै, विराटनगरमा दिउँसो ३ बजे सुरु हुने राधाकृष्ण रथयात्रा नेपालको सबैभन्दा वृहत् र ऐतिहासिक रथयात्रा मानिन्छ।

यसपटकको रथयात्राले ५७ वर्ष पूरा गरेको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रथयात्रालाई एसियाकै दोस्रो ठूलो पर्वका रूपमा परिचित गराउँदै भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन्।

रथयात्रालाई भव्य बनाउन महानगरपालिकाले करिब ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको र नयाँ तथा आकर्षक रथ निर्माण गरिएको मेयर कोइरालाले बताए।

उनले भक्तजनलाई मर्यादित र सुरक्षित रहन, भीडमा महँगा गरगहना नलगाउन, व्यक्तिगत सामग्रीको सुरक्षा गर्न तथा ज्येष्ठ नागरिक र बालबालिकाको विशेष ख्याल राख्न आग्रह गरेका छन्।

यस वर्षको विराटनगरको ५७औँ रथयात्रा पनि परम्परागत रूपमा विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु हुँदैछ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved