खोलाले मोटरसाइकल बगायो : बुबाको उद्धार, १९ वर्षीया अनिता अझै बेपत्ता

  • भदौ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/बराहक्षेत्र नगरपालिका–१ स्थित मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोला तर्ने क्रममा शुक्रबार मोटरसाइकलमा बुबासँगै बगेकी १९ वर्षीया अनिता राई अझैसम्म फेला परेकी छैनन्।

धरान–१६ का जीवन राई र छोरी अनिता सवार मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १:५० बजे आकस्मिक बढेको भेलले बगाएको थियो। खोलामा बगेका दुवैजना सप्तकोशीमा पुगे पनि स्थानीय र प्रहरीले जीवनलाई भने सकुशल उद्धार गरेका थिए। तर छोरी अनिता भने वेपत्ता भएकी थिइन्।

घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निरीक्षक दिवस कुँवरको कमाण्डमा ५ जना, चतराका सई राजन खड्कासहित ५ जना, र चतरा पुलबाट असई एकनाथ खतिवडासहित २ जना गरी १२ जना प्रहरी तत्कालै खोजतलासमा खटिएका थिए।

उद्धार गरिएका जीवन राईलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

शनिबार दिनभर अनिताको खोजी कार्य सप्तकोशीमा जारी रह्यो। कायकमार्फत घटनास्थलदेखि राजाबाससम्म खोजी भए पनि कुनै परिणाम नआएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख निरीक्षक कुँवरले जानकारी दिए।

“हिजो खसेको ठाउँदेखि राजाबाससम्म आज दिनभर खोज्यौं, तर भेटिएन,” उनले भने।

प्रहरीका अनुसार आइतबार राजाबासदेखि कोशी ब्यारेजसम्म कायककै मद्दतमा खोजतलास गरिनेछ। हाल कोशीमा बाढी बढेपछि दाउरा र रुखका ठुटाहरु बगेका कारण ठूलो बोट सञ्चालनमा कठिनाइ भएपछि हल्का र छरितो ‘कायक’ प्रयोग गरिएको हो।

निरीक्षक कुँवरका शब्दमा, “कायकले कुनाकाप्चा सजिलै खोज्न सकिन्छ, छिटो पनि हुन्छ। अनिता भेटिएपछि मात्र ठूलो बोट प्रयोगमा ल्याइनेछ।”

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved