धरानमा ऐतिहासिक चन्द्रपुर जात्रा : नेवारी संस्कृति पुस्तान्तरणसँगै भव्य उत्सव सम्पन्न

  • साउन ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/कुनै पनि जातिको भाषा, संस्कृति र पहिरन त्यस जातिको पहिचान हो भन्ने मान्यतालाई आत्मसात गर्दै धरान–३ चन्द्रपुर बजारमा नेवारी समुदायले ऐतिहासिक चन्द्रपुर जात्राको आयोजना गरेका छन्।

आधुनिक जीवनशैली र पश्चिमी संस्कृतिको प्रभावले मौलिकता हराउँदै गएको यस समय नेवारी युवापुस्तालाई अग्रजहरूले प्रशिक्षणमार्फत् आफ्नो भाषा, संस्कृति र पहिरन हस्तान्तरण गर्ने अभियानलाई यस जात्राले थप बल दिएको छ।

धरान उपमहानगरपालिका वडा नं. ३ को अगुवाइमा आयोजित तीनदिने चन्द्रपुर जात्राले चन्द्रपुर बजारको ऐतिहासिकता उजागर गर्दै सांस्कृतिक चेतना जगाउने काम गरेको छ। वडाको पहलमा नेवाः देय दबुका केन्द्रीय उपाध्यक्ष अनिल मास्केको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको थियो।

जात्राको पहिलो दिन नेवारी परम्परागत धिमेबाजा प्रतियोगिता सम्पन्न भयो, जहाँ प्रशिक्षण प्राप्त आठ समूहले प्रतिस्पर्धा गरे। दोस्रो दिन वृहत लाखे नाच प्रस्तुत गरियो भने अन्तिम दिन कृष्ण रथयात्रासहित सांस्कृतिक झाँकी प्रदर्शन गरेर कार्यक्रम समापन गरियो।

कार्यक्रममा प्रदेश सांसद यसोदा कायस्थले स्थानीय सरकारको भूमिकालाई प्रशंसा गर्दै चन्द्रपुरको इतिहास व्युत्थानमा यो जात्राले ठूलो योगदान पुर्‍याएको बताइन्। उनले प्रदेश सरकारले समेत बजेट छुट्याएर सहयोग गरेको जानकारी दिँदै वडा कार्यालय, आयोजन समिति र स्थानीय बासिन्दालाई धन्यवाद दिइन्।

सो अवसरमा धरान–३ निवासी संस्कृतिविद् तथा समाजसेवी कृष्णप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो। वडासदस्य मिङ्मा भोटेले नेवारी जातिको जात्रामा सबै जातिको उत्साहपूर्ण सहभागिताले सकारात्मक सन्देश प्रवाह गरेको बताए।

विगतमा लोप हुने अवस्थामा पुगेको चन्द्रपुर जात्रालाई पुनर्जीवन दिने प्रयास ऐतिहासिक बनेको पूर्व वडासदस्य एवम् पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले उल्लेख गरे।

साउन ३० गतेदेखि सुरु भएको तीनदिने चन्द्रपुर जात्रा भदौ १ गते सम्पन्न भएको छ। जात्राको उद्देश्य नेवारी समुदायको मौलिक संस्कृतिलाई युवा पुस्तासम्म पुर्‍याउनु मात्र नभई, वडाभित्रका अन्य जातीय सांस्कृतिक पर्वलाई पनि उजागर गर्दै सामूहिक पहिचानलाई बल दिनु रहेको आयोजक समितिले जनाएको छ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved