मेचीनगरका मेयरको चरित्र हत्या गर्नेविरुद्ध साइबर ब्यूरोमा उजुरी

  • साउन ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ टिकटकमा फेक आइडी बनाएर मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको चरित्र हत्या गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी दिइएको छ।

नगरप्रमुखको सचिवालयका अनुसार फेक प्रोफाइलमार्फत दुष्प्रचार गर्नेहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइसकिएको छ।

नगरप्रमुख बुढाथोकीका स्वकीय सचिव आशिष पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘मिसन २०८४ इलेक्सन’ लगायत फेक नाम र प्रोफाइलमार्फत नगरप्रमुखको नाम र तस्वीर दुरुपयोग गर्दै कपोलकल्पित भिडियो बनाइएको जनाएका छन्।

मालपोत, भन्सार, बस खरिदजस्ता नगरपालिकाको कार्यक्षेत्रमै नपर्ने असान्दर्भिक विषयलाई जोडेर बनाइएका भिडियोहरू पूर्णतः गलत भएको विज्ञप्तिमा उल्लेख छ।

सचिवालयले फेक आइडी सञ्चालनकर्तालाई सार्वजनिकरूपमा उपस्थित हुन चुनौती दिएको छ। केही दिनयता टिकटक र फेसबुकमा त्यस्ता भिडियोहरू भाइरल भइरहेका छन्।

मेचीनगर मात्र नभई बिर्तामोड, दमक, उर्लाबारी, इनरुवा लगायतका नगरप्रमुखहरूलाई समेत लाञ्छना लगाएर भिडियो बनाइने गरेको पाइएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved