जेनिसासहित उत्कृष्ट विद्यार्थीलाई धरानमा विशेष सम्मान र बधाई

  • साउन २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१२ स्थित एम्स एकेडेमीकी विद्यार्थी जेनिसा निरौलाले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिएको २०८१ सालको कक्षा १२ को परीक्षामा ३।९५ जिपिए ल्याउँदै देशभर बोर्ड सेकेण्ड र सुनसरी जिल्लामा प्रथम स्थान हासिल गरेकी छन्।

शुक्रबार एकेडेमीले आयोजना गरेको विशेष कार्यक्रममा जेनिसासहित यस वर्ष उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान र बधाई प्रदान गरिएको थियो। काठमाडौंमा एमबिबिएसको तयारीमा रहेकी जेनिसाको सम्मानपत्र उनकी आमा मनमाया काफ्लेले ग्रहण गरिन्।

३।८४ जिपिए ल्याएका राज साह, ३।७३ जिपिए ल्याएकी सकुन राई, ३।७० जिपिए ल्याएकी कृतिका पौडेल र ३।६७ जिपिए ल्याएकी सोनम दाहाललाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। उनीहरुलाई अध्यक्ष प्रकाश राई, प्रशासन प्रमुख नविन राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेसहितका अतिथिहरूले खादा र प्रमाणपत्रले सम्मान गरेका थिए।

भिडियो:

 

कार्यक्रममा विद्यार्थी सोनम दाहालले एम्समा सैद्धान्तिक मात्र नभई व्यवहारिक अध्ययन, फिल्ड भिजिटजस्ता अवसरले ठूलो लाभ हुने बताए। प्रशासन प्रमुख नविन राईले विद्यार्थीहरूको उपलब्धी अन्य विद्यार्थीका लागि पनि प्रेरणा बन्ने भएकाले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको बताए।

अध्यक्ष प्रकाश राईले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको निरन्तर सहयोगकै कारण उत्कृष्ट नतिजा आएको बताए। विद्यालयको शैक्षिक र भौतिक विकासमा व्यवस्थापन निरन्तर लागिरहेको उनले उल्लेख गरे।

प्रिन्सिपल सन्तोष कोइरालाका अनुसार कक्षा १२ मा सहभागी १३९ मध्ये ९ जनाले मात्र मौका परीक्षा दिनुपर्ने र बाँकी सबै विद्यार्थी उत्तीर्ण भएका छन्। “धरानमा पनि उत्कृष्ट शिक्षा दिने संस्था छ र धरान नै शैक्षिक हब हो भन्ने कुरा फेरि प्रमाणित भएको छ,” उनले भने।

तस्बिरहरु:

1000009518 1000009536 1000009530 1000009555 1000009524 1000009552 1000009567 1000009541 1000009564

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved